सार्वजनिक स्थलमै मस्ती गर्दै जोडी

यौन उपकरण निर्माता कम्पनी एडम एन्ड इभको पछिल्लो सर्वेक्षणअनुसार पश्चिमी समाजमा सार्वजनिक स्थानमा यौनसम्बन्ध राख्ने क्रम बढ्दै गएको छ। उक्त कम्पनीले आफ्नो वेबसाइटमार्फत गरेको सर्वेक्षणअनुसार ५२ प्रतिशतले कुनै न कुनै सार्वजनिक स्थलमा यौनसम्बन्ध राखेको बताएका छन्।

यस्तो किसिमको सम्बन्ध राख्ने व्यक्तिहरूमा ८० प्रतिशतले पार्क गरेर राखेको कारमा सम्बन्ध राखेको बताएका छन् भने ५५ प्रतिशतले जंगलमा, ४४ प्रतिशतले पार्कमा, ४२ प्रतिशतले समुन्द्री तटमा शारीरिक सम्बन्ध राखेको बताएका छन्।

उक्त सर्वेक्षणका प्रमुख डा केटभान क्रिकका अनुसार मानिसमा यौनको आनन्द विभिन्न किसिमले लिने रहर बढेका कारण यस्तो गतिविधि बढेको हो।