भारतमा ५०० रुपैयाँमा डाइनोसरको अण्डा किनबेच
भारतको मध्ये प्रदेशको जीवाशेष क्षेत्र पाडल्यामा डाइनोसरको अण्डा किनबेच भएको बताइएको छ ।
करोडौँ वर्षअघि पृथ्वीबाट लुप्त भएको डाइनोसरको अण्डा पध्य प्रदेशको धार मन्डला जिल्लाको पाडल्यामा पाच सया भारतीय रुपैयाँमा किनबेच भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उक्त क्षेत्रलाई भारतको पुरातत्व विभागले जीवावशेष क्षेत्र घोषणा गरेको थियो ।
अन्तराष्ट्रिय बजारमा डाइनोसरको अण्डाको जीवावशेषको मूल्य एक करोड भारु पर्दछ । पाडल्यामा पाइने डाइनोसर र अन्डाको जीवावशेष वैज्ञानिकबीच निकै माग बढेको छ । सञ्चारमाध्यमका अनुसार पाडल्यामा जीवावशेषको गैरकानुनी किनबेच भइरहेको छ ।
सन् २००७ पछि पाडल्या क्षेत्रका जीवावशेष असुरक्षित हुन थालेका हुन् । यहाँ १४ करोड ५० लाख देखि ६ करोड ६० लाख वर्ष पुरानो जीवावशेष निकालेर खुलेआम किनबेच हुँदा समेत यहाँको पुरातत्व विभागले भने कुनै चासो देखाएको छैन ।