लिंगको लम्बाइका बारेमा पनि बिभिन्न किम्बदन्तीहरु
भारतीय संस्कृतिमा विभिन्न मान्यता तथा लोक कथा प्रचलित छन् । यी मध्ये केही कल्पनामा आधारित छन् भने केही वास्तविक तथा वास्तविकताको नजिक छन् । भारतीय जनजातिहरुमा प्रचलित अनेक लोककथाका बारेमा डाक्टर भेरियर एल्बिनले आफ्नो एक चर्चित पुस्तकमा इतिवृत्त प्रस्तुत गरेका छन् । मिथ्स अफ मिडिल इण्डिया नामको उनको पूस्तकमा पुरुष गुप्तांगका बारेमा विभिन्न आदिवासी हरुमा रहेको अनौठो मान्यताका बारेमा समेत उल्लेख गरिएको छ ।
वास्तवमा यौन भन्ने चिज सबैको उत्सुकताको विषय हो । त्यसैले यौनांग व्यक्तिको कल्पनाको केन्द्र रहन्छ नै । पुरुष जनेन्द्रिय अर्थात् लिंगका विषयमा विभिन्न खालका किम्बदन्ती, लोकोक्ति, कल्पना, परम्परा तथा मान्यता प्राचिन कालदेखि नै व्याप्त छन् । लिंगको आकारका विषयमा अझ निकै अनौठा तथा पत्याउने गाह्रो पर्ने खालका लोक कथा सुन्न पाइन्छ हामीकहाँ पनि ।
भेरियरको पुस्तकमा लेखिए अनुसार भारतको बेगा जनजातीमा यस्तो मान्यता छ की उनीहरु आफ्ना पुर्खाको लिंग हात्तिको सुँडजस्तो थियो भन्ने विश्वास गर्छन् । त्यो हात्तिसुँडे लिंग जंगलको सरसफाइ गर्न प्रयोग गरिन्थ्यो रे । पछि सरकारले ती आदिवासीको परम्परागत खेतिमा रोक लगाएपछि उनीहरुको लिंगले सरसफाइको काम पाउन छाडे अनी लिंग खुम्चिएर सानो हुँदै गयो रे ।
गडबा आदिवासीहरुमा रहेको मान्यता पनि रोचक नै छ । उनीहरुका अनुसार सयौँ वर्ष पहिले पुरुषको लिंग यति धेरै लामो हुन्थ्यो की त्यो कम्मरमा पटुका जस्तै गरी बाँध्नुपथ्र्यो । पुरुषको लिंग निकै ठूलो हुने कारणले गर्दा महिलाहरुलाई पनि निकै सास्ती हुन्थ्यो । लोग्नेको लिंगरुपी हतियारको चोट सहन नसकेर श्रीमतीहरुको छिटै मृत्यु हुन्थ्यो । किम्बदन्ती अनुसार एक दिन एक पुरुषले दिउसै छोराछोरीको अगाडि श्रीमतीसँग सम्भोग गर्न चाहेछ । श्रीमती त्यसबेला चक्कुले आँप काटिरहेकी रहेछिन् । श्रीमानले छोराछोरीका अगाडि सम्भोग गर्न कर गर्दा उनलाई निकै रिस उठेछ र हातमा भएको चक्कुले श्रीमानको लिंग काटिदिइछन् । त्यसपछि संसारका सबै मानिसको लिंग ठिक्कको भयो रे ।
गोँड आदिवासीहरुमा प्रचलित आहान पनि झनै रोचक छ । उनीहरुका अनुसार प्राचिन समयमा पुरुषको टाउकोमा तिन हातको लिंग हुन्थ्यो अरे । त्यो तिनहाते लिंग हात्तिको सुँड जस्तै गरी झुण्डिरहेकेा हुन्थ्यो । त्यस्तै महिलाको योनी पनि छातिमा हुन्थ्यो रे । एकचोटी कुनै व्यक्ति विवाहका लागि गाउँमा गएछ । त्यहाँ उसले आफ्नो सुँडले केही युवतीहरुलाई पछ्याएछ । त्यो देखेर एक युवतीलाई रिस उठेछ र उनले त्यो हात्तिसुँडे लिंग च्वाट्टै काटिदिइछन् । युवतीले काटेपछि त्यो युवकको सुँडे लिंग ठुटे भएछ र मुस्किलले चार इन्च लामो भाग मात्र बँचेछ । टाउकोमा यस्तो ठुटे लिंग सुहाएनछ । त्यसपछि दुखी बन्दै त्यो मान्छे महादेवको शरणमा गएछ । उसले महादेव सँग सरीरका अरु कुनै भागमा आफ्नो लिंग राखिदिन विन्ती गरेछ । त्यसपछि महादेवले पुरुषको लिंग टाउकोबाट सारेर दुइ जाँघको बीचमा स्थापित गरिदिनुभएछ ।
लांझिया सेओरा समुदायमा रहेको मान्यता अनुसार एकादेशमा एक बुढा दम्पती थिए रे । उनीहरुकी एक छोरी र एक जोडी कुखुरा कुखुरी रहेछन् । घरको स्थिति सम्हाल्न उनीहरुले किन्नरसिंह नामको एक युवकलाई घरज्वाइँ बनाउन ल्याएछन् । त्यसपछि किन्नरसिंह र कुखुराको निकै दोस्ती भएछ । त्यस जमानामा कुखुराको लिंग निकै लामो हुन्थ्यो रे तर मान्छेकेा लिंग भने छोटो । एक साँझ छिमेकी गाउँका केटाहरु बाजागाजासहित नाचगानको लागि जम्मा भएछन् ।
किन्नरसिंहले रमझमको त्यो समयमा सम्भोग गर्न पाइने आश जागेछ र कुखुराको लिंग सँग आफ्नो लिंग साटेछ । रातको समयमा साटिएको लिंग अर्को दिनसम्म पनि नफर्काएपछि कुखुराको लामो लिंग त्यो मान्छेमा र मान्छेकेा छोटो लिंग कुखुरामा सदाका लागि रहेछ । त्यसैले अहिले मान्छेकेा लिंग लामो र कुखुराकेा छोटो भएको रे ।
वास्तवमा यी किम्बदन्ती निकै हावादारी जस्ता तथा केही अश्लील पनि लाग्छन् । तर यी विभिन्न भारतीय आदिवासीहरुमा प्रचलित लोकोक्ति हुन् । मध्य भारतका जनजातिका विषयमा भेरियर एल्भिनले गरेकेा गहन अध्ययनपछि यस्ता परम्परा र लोकोक्तिलाई जस्ताको तस्तै उतार्न सफल भएका हुन् । हुनत हामीकहाँ पनि यस्ता यौनिक लोककथाकेा कमी छैन तर यसको संकलन र अध्ययन पनि हुन सकेको छैन ।