इन्डोनेशियामा पहिरोमा परि १७ जनाको मृत्यु

इन्डोनेशियामा अबिरल बर्षापछी आएको पहिरोमा परि करिब १७ जनाको मृत्यु भएको छ । उत्तरी ईन्डोनेशियाका बिभिन्न शहरमा गएको पहिरोमा थुप्रै घरहरु पुरिएका छन् । पहिरोमा पुरिएकाहरुको उद्धारका लागी सयौंको संख्यामा उद्धारकर्मीहरु खटिएका छन् ।







पहिरोमा थुप्रै सवारीसाधन पुरिएकाले यातायात आवागमनमा कठिनाई भएको छ । गत सातादेखिको अविरल बर्षापछी आएको पहिरोकै कारण बिजुली आपर्ती समेत ठप्प बनेको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा बालबालीकाको संख्या बढि रहेको छ ।