'मर्डर-३' ले १३ करोड कमायो, हेर्नुहोस्

बलिउडमा पछिल्लो समय रिलिज भएको फिल्म 'मर्डर-३' ले प्रदर्शनको पहिलो ३ दिनमा १३ करोड भारु आम्दानी गर्न सफल भएको सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्म मर्डर–३ फिल्म ‘मर्डर’को तेस्रो श्रृंखला हो ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको मर्डर–३ ले पहिलो ३ दिनमा १३.३१ करोड भारु आम्दानी गरेको भारतीय समाचार अनलाईनहरुले जनाएका छन् । भारतभरको प्रदर्शनबाट कमाई गरेको उक्त रकम बलिउड बक्स अफिसमा राम्रो कमाई भएको जनाइएको छ । निर्देशक महेश भट्टले फिल्मको ओपनिङबाट उत्साहित हुँदै अभिनेता रणदीप हुडाको सानदान ओपनिङ भएको फिल्म मर्डर–३ भएको उल्लेख गरेका छन् ।

फिल्मले प्रदर्शनको पहिलो दिन ४.५२, दोस्रो दिन ४.०१ र तेस्रो दिन ४.७८ करोड भारु कारोबार गरेको जनाइएको छ । यसअघिका फिल्ममा अभिनेता इमरान हासमी मूख्य भूमिकामा देखिएपनि यसपटक उक्त भूमिकामा अभिनेता रणदीप देखिएका छन् । यस श्रृंखलाको पहिलो फिल्म ‘मर्डर’मा अभिनेता इमरान र नायिका मल्लिका शेरावतको अन्तरंग दृष्यले बलिउडमा सनसनी मच्चाएको थियो ।


भिडियो हेर्न यहाँ बक्समा क्लिक गर्नुहोस्