विवाहमा आगो लाग्दा २५ को मृत्यु

साउदी अरेबियाको एक सहरमा विवाह समारोहमा मंगलबार आगलागीमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ३० जना पनि नराम्ररी घाइते भएका छन्।
साउदी अरेबियाको अबकिक सहरमा दुर्घटना भएको हो।
सो सहरबाट निस्कने अल एक्तिसादिया पत्रिकाले विवाह समारोहमा अकस्मात आगलागी भएको र यसको कारण विद्युतमा देखिएको गडबडी भएको उल्लेख गरेको छ।