दलहरुले रेग्मीलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने

एक आपसमा छलफल गरेका मुख्य दलहरुले बुधबार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई औपचारिक रुपमा प्रधानमन्त्री बन्न आग्रह गर्ने भएका छन् । दलहरुबीच भएको ९ बुँदे सहमति प्रति प्रधानन्यायाधीश रेग्मीले असहमति जनाएपछि दलहरुले बुधबार औपचारिक रुपमा जानकारी गराउने र असन्तुष्टिका बुँदामा छलफल गर्ने तयारी गरेका छन् ।







दलहरुबीच भएको सहमतिमा राजनीतिक संयन्त्र, चुनाव गराउन नसके प्रधानन्यायधीश प्रधानमन्त्रीको पदबाट स्वतः मुक्त, केही दलहरुले गरेका विरोध लगायतका विषयमा प्रधानन्यायधीश रेग्मीले असन्तुष्टी जनाउनुभएको छ ।