एकै जनाले २१ गाबिस हेर्नुपर्ने !


सोलुखुम्बु, कात्तिक २६- दशैं विदामा गएका सोलुखुम्बुका अधिकांश गाविसका गाविस सचिबहरु तिहार सुरु हुन लाग्दा पनि जिल्ला नफर्कदा एउटै गाविस सचिवले २१ वटासम्मको कार्यभार सम्हाल्नुपरेको छ। गाविस सचिवहरु दशैं सकिएपछि पनि जिल्ला नफर्केपछि सेवाग्रही मर्कामा परेका छन्।
दशैँ मनाउन घर गएका सोलुखुम्बुका ३४ गाविसका अधिकांश सचिव अझैसम्म जिल्ला नआएपछि नेचाबतासे गाविसको काम गर्दै आएका सचिव खेमप्रसाद खतिवडाले २१ वटा गाविसको जिम्मेवारी सम्हाल्दै आएका हुन्।
सदरमुकाम केन्द्रीत रहेका गाविस सचिव दशैं तिहारबीचको समयमा सदरमुकाम पनि नआएपछि सेवालिन सदरमुकाम आएका सेवा ग्राही मार्कामा परेका हुन्। ३४ ओटा गाविस भएको जिल्ला सोलुखुम्ुबमा जम्मा पाँच जनामात्र सचिव रहेको र एकै जनाले २१ वटा गाविसको काम सम्हाल्नु पर्दा काम गर्ने र सेवा लिने दुवैलाई असहज भएको छ।
'हामीले अत्यावश्यक सेवालाई बाधा पुर्‍याएका छैनौं' दशैं विदा सकेर सदरमुकाम आएका जुबु गाविसका सचिव तथा गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष पशुपति पोखरेले भने, 'कोही साथीहरु जुम्लादेखि आउनुपर्ने भएकाले तीहार अगाडि जिल्ला आउन समस्या भएको हो।' एउटै सचिबले २१ वटासम्म गाविसको कार्यभार सम्हाले पनि सेवाग्राहीलाई सेवा दिइरहेको हकहित अध्यक्ष पोखरेलले दाबी गरे। २१ गाविसको काम गर्दै आएएका गाविस सचिव खेमराज खतिवडाले धेरै गाविसको काम गर्नु पर्दा समस्या भएको बताए।
नागरिकता सिफारिसको लागि मुख्य समस्या हुने गरेको सचिब खतिवडाको भनाई छ। खतिवडाले बतासे, वेतघारी, तिङ्ला, बेनी, टाक्सिन्धु, देउसा, काँगेल, नेले, नाम्चे, खुम्जुङ, जुभिङ, गुँदेल, बुङ, छेस्काम, लोखिम, वाकु, बासा, काकु, गोराखानी, टाप्टिङ लगायतका गाविसको काम गर्दै आएका छन्।