ठूला तीन दलले देश र जनतालाई धोका दिए - यादव

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलका केही ठूला नेताले देश र जनतालाई धोका दिएको बताएका छन्। राजधानीमा 'द पपुलर टाइम्स' मासिक पत्रिकाको लोकार्पण गर्दै उनले वर्तमान सरकारले बिनानिकास संविधानसभाको अन्त्य गरेर मुलुकमा राजनीतिक सङ्कट निम्त्याएको, आर्थिकरुपमा मुलुकलाई धरासयी बनाएको, विधि र कानुनी शासनको उपहास गरेको आरोप लगाए।

सो अवसरमा पूर्व भारतका लागि नेपाली राजदूत डा. दुर्गेशमान सिंहले पत्रिकाले सस्तो राजनीतिलाई छोडेर बृहत् राष्ट्रनिर्माणमा आवाज बुलन्द गर्न आग्रह गरे। पत्रिकाका प्रकासक एवं सम्पादक रेखा यादवले पत्रिका निष्पक्षरुपमा जनताका आवाजलाई राज्यसमक्ष पुर्‍याइने धारणा राखे