फोन बाट सुरु भएको लभको लागि घर परिवार नै त्यागिदिएपछी

सञ्चारका माध्यमबाट हामीले नयाँ नयाँ खबर थाहा पाउनुका साथै टाढा टाढाका व्यक्तिहरुको बीचमा पनि राम्रो सम्बन्ध कायम गर्ने गर्छ । तर अहिले मोवाइल, नेट जस्ता माध्यमबाट फाइदाका साथै बेफाइदा पनि भित्रिएको छ । मोवाइल फोनबाट कसैसंग प्रेम प्रसंग चल्ने कुरा गर्दा तपाईहरुलाइ सायद नौलो नलाग्न सक्छ किनकी आजकल त यो कुरा पनि साधारण नै हुन पुगिसकको छ ।



यस्तै यहा पनि केही भएको छ, जहा फोनबाट सुरु भएको कुराकानी प्रेममा परिणत भइ एक युवती घरबाट भागेकी छिन् । उनीहरुले तय गरेको ठाउँमा युवक नपुगेका कारण युवती गाजियाबादमा पुगेकी थिइन् । मेरठ रोडमा जब ती युवती संदिग्ध हालतमा घुमेको देखेर त्यहाका मानिसहरुको शिकायतमा सिहानी गेट प्रहरी चौकीका प्रहरीले युवतीलाई आफ्नो हिरासतमा लिएको छ । ती युवतीले प्रहरीलाई आफ्नो नाम र ठेगाना बारम्बार गलत मात्र बताएकी छिन् ।

६ महिला अगाडी उसको साथीले एक युवकको फोन नम्बर दिएको सीमाले बताएकी छिन् । फोनमा कुराकानीबाट सुरु भइ उनीहरुले एकअर्कालाई प्रेमप्रस्ताव राखि विवाह गर्ने निर्णय गरेका थिए । युवकले ती युवतीलाई दिल्लीमा आएपछि विवाह गर्ने भनिएपनि उनी दिल्लीमा पुग्दा नत उसको प्रेमी त्यहा आएका थिए, नत उनको फोन नै रीसिभ गरेका थिए । उनीहरु दुवै सधै फोनमा कुराकानी मात्र भएको तर एकअर्कालाई कहिल्यै पनि नभेटेको बताएकी छिन् । उनीहरुको त्यो दिन पहिलो भेटघाट हुने थियो तर त्यहा उनको प्रेमी नै आएका थिएनन् ।

कोतवालीमा गएकी सीमा घर नजानका लागि घमण्ड गरेकी थिइन् भने आफ्नो प्रेमीसंग विवाह पश्चात माध घर जाने कुरा गरीरहेकी छिन् । एसओ पीके गौतमले बताए अनुसार युवती मुल रुपमा गढमा रहने हुन् भने सोधपुछको क्रममा उनको बुवा दिल्लीमा ठेकेदार हुन् । युवतीको बुवाको मोवाइल नम्बर उनले बताएपनि उनको बुवाको फोन स्वीच अफ भएको कारण उनको परिवारसंग कुनै सम्पर्क हुन सकिरहेको छैन ।