प्रेमी भेटेको आरोपमा १४ बर्षिय किशोरीको आफ्नै परिवारद्वारा हत्या
एजेन्सी । प्रेमीलाई छाड्न नमानेको भन्दै आफ्नो बाबुआमा र दाईहरूले एक किशोरीको हत्या गरेका छन् । १४ वर्षीय किशोरीलाई उनका परिवारले प्रेमीलाई छाडिदिन आग्रह गरेपनि किशोरीले नमानेपछि उनीहरूले किशोरीको हत्या गरेका हुन् । पिटाईका क्रममा नै मृ्त्यु भएपछी घटनालाई ढाकछोप गर्नका लागी उनीहरूले किशोरीको शवलाई रातमा जलाएर खोलामा फ्याकिदिएका थिए ।
भारतको चण्डिगढमा भएको यो घटनामा प्रहरीले किशोरीका बाबुआमालाई पक्राउ गरेको छ भने किशोरीका दुई दाजुहरु भने फरार रहेका छन् । प्रहरीका अनुसार ती किशोरी २४ वर्षिय युवकसँग प्रेममा फसेकी थिइन् । उनलाई परिवारले उक्त युवकलाई भेट्न जान नदिएपछी खानामा लागु औषध मिसाएर खुवाएर उनीहरु बेहोस भएपछी ती किशोरलाई भेट्न गएकी थिइन् । यसैक्रममा परिवारका मानिसहरू ब्युझीँदा किशोरीलाई नदेखेपछी किशोरी प्रेमीलाई भेट्न गएको थाहा पाएका थिए ।
यसरी किशोरी आफ्नो रोकावटका बाबजुत प्रेमीलाई भेट्न गएपछी रिसाएका उनका परिवारले उनी घर फर्केपछी पिटेका थिए । उनीहरूले ती किशोरीलाई निकै चोट पुग्ने गरी पिटेका थिए जसको कारण उनको सोही समयमा नै मृ्त्यु भएको थियो ।
किशोरीको मृ्त्युपछी उक्त मृ्त्यु ढाछोप गर्न उनीहरूले किशोरीको शवलाई जलाएर बाँकी रहेको अस्थी खोलामा फ्याकिँदिएका थिए तर यस घटनाबारे कसैले थाहा पाएर प्रहरीमा खबर गरेपछी प्रहरीले अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरेको थियो ।