६० वर्षीय आफ्नै हजुरबाबुले ७ वर्षीया एक बालिकालाई बलात्कार गरे

धादिङको मैदीमा फेरि एक बालिका बलात्कृत भएकी छन् । मैदी गाविस वडा न. १ उखुबारीकी ७ वर्षीया एक बालिकालाई आइतबार बेलुका आफ्नै हजुरबाबु नाता पर्ने ६० वर्षीय चन्द्र वि.क.ले बलात्कार गरेको हो ।


घरनजिकै लगेर ललाइ फकाइ बलात्कार गरेपछि अस्वस्थ्य भएकी बालिकालाईे प्रहरीले राती नै उद्धार गरि जिल्ला अस्पतालमा उपचारका लागी भर्ना गरेको छ । अभियुक्त वि.क.लाई प्रहरीले गिरफ्तार गरिसकेको जिल्ला प्रहरीकार्यालय धादिङले बताइएको छ । धादिङमा एक महिनाको अवधीमा मात्र चार जना बालिका बलात्कृत भएका छन् ।