अष्ट्रेलियामा भेटिइन् राजवल्लभकी ‘ऋतु’(कसरी भेटिदै छन त पुरा हेर्नुहोस् । )

अष्ट्रेलियामा अध्ययनरत युवाहरुले नेपाली कथानक चलचित्र ‘ऋतु’ निर्माण गर्ने भएका छन् । पहिलो पटक सम्पूर्ण रुपमा नेपाल बाहिर छायंकन तथा पोस्टप्रोडक्सन सहित नेपाली कथानक चलचित्र ’ऋतु’ निमार्ण हुन लागेको हो । आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनको साथै अशोक गौतम, सुरज प्रधानको संयुक्त लगानी रहेको यस चलचित्रका निर्देशक मनोज अधिकारी हुन् । चलचित्रले प्रेममा आउने उतारचढावलाई मुख्य बिषयबस्तु बनाएको छ । ऋतु बदलिए जसरी नै बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतार्ने लक्ष्यका साथ सिनेमा निर्माण हुन लागेको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रको कथा अनलाइनमार्फत आयोजना गरिएको स्त्रिmप्ट लेखन प्रतियोगिताबाट छनोट गरिएको हो । चलचित्रमा नायक राजवल्लभ कोइराला मुख्य भुमिकामा देखिदैछन् । उनका साथमा पूर्व मिस नेपाल मलिना जोशी र रिमा विश्वकर्मा चलचित्रमा देखिदैछन् । यस्तै चलचित्रभित्र अष्ट्रेलियामा बसोबास गर्दै आएका बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन लगायतका कलाकारलाई पनि देख्न सकिनेछ । यो चलचित्रका गीत अष्ट्रेलियामै बसोबास गर्दै आएका निस्प्रभ सजीले लेखेका हुन् । चलचित्रमा सुजिल कर्माचार्य र सुदिप गिरीको संगीत, संदिप बडालको कथा समावेश छ । चलचिको छायांकन शनिबारबाट सुरु गरिने निर्माणपषले बताएको छ ।