अञ्जु भन्छिन्, ‘अब रक्सि पिउँदिन’

बारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नगर्ने बताएकी छिन् । ‘मदिरा पिउँनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु, अन्जुले भनिन् ।’

पति मनोजराजसँग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले बरु सबैलाइ बाइबल पढ्न सुझाव दिएकी छन् ।उनले अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’