पशु करणीभन्दा कमजोर बलात्कारको कानुन

२८ पुस, काठमाण्डौं । दुवाकोट भक्तपुर स्थायी घर भई काठमाण्डौंको शंखमूलमा जुक्ता पसल गर्ने कान्छा विकले १३ बर्षकी किशोरीलाई बलात्कार गरे । तर, ४३ बर्षका विकलाई प्रहरीले बलात्कारको अभियोगमा कानुनको कठघरामा उभ्याउनु त परै जाओस्, गिरफ्तार गर्ने आँट पनि गरेन ।

मुलुकमा बलात्कारका घटनामा दिन दुईगुना रात चौगुना वृद्धि भएपछि यसलाई रोक्न दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ भन्दै महिला अधिकारवादीहरु यतिबेला दिनहुँ धर्नामा छन् । तर, किशोरीहरु नै बलात्कारको सिकार हुँदा पनि कमजोर कानुनी व्यवस्थाको फाएइदा उठाउँदै दोषीहरु समाजमा खुलेआम हिँडिरहेका छन् । उनीहरुलाई दण्ड सजाय दिनुपनर्छ भन्दै महिला अधिकारबादीहरु प्रधानमन्त्रीको सरकारी निवासमा दिनहुँ धर्ना दिइरहेका छन् । नेपालको कानुन अनुसार मुलुकी ऐनको मल १६ को पशु करणीको दफा ५ मा स्त्री जाति चौपायामा गाईको हकमा दुई बषसम्म र अन्य पशुको हकमा एक बर्षसम्म उजुरी दिए नालिस लाग्ने व्यवस्था छ । तर मानिसको हकमा भने बलात्कार भएको ३५ दिन भित्र उजुरी नआउको भन्दै प्रहरीले नै यस्ता निवेदन पन्छाउने गरेको देखिन्छ ।