बुहारीले कुटिन् ७० बर्षकी वृद्धा सासुलाई

२७ पुस, रामेछाप । रामेछापको सुनारपानी ८ की ७० बर्षकी मसिना सार्की आफ्नै बुहारीबाट निर्धात कुटिएकी छन् ।

वृद्धालाई छुट्टएिर बसेकी बुहारी टीकाले बुधबार साँझ कुटपिट गरेकी हुन् । आफ्नै घरमा बसिरहेकी मसिनालाई टीकाले घरमै आएर फलामे ढुंग्रोले हिर्काएर घाइते बनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । कुटाईबाट वृद्धाको हात भाच्चिनुका साथै टाउकोमा पनि गम्भिर चोट लागेको छ । बुहारीको कुटाइबाट घाइते बनेकी मसिनालाई सदरमुकाम मन्थलिमा उपचार सम्भव नभएपछि काठमाण्डौं रिफर गरिएको छ । हात र टाउकोमा गम्भिर चोट लागेका कारण थप उपचारका लागि काठमाण्डौं लैजाने सल्लाह दिएको तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले बताए । भाँचिएको हाल देखाउँदै मसिनाले भनिन, ‘कुट्दा कुट्दै रगत बगेको देखेर बुहारी डरले भागि र बाँचे’, गरिब भएकाले उपचार गर्न पनि गाह्रो भएको उनको भनार्इ छ ।