६ बर्ष खोज्दा पनि भेटिएन वीरेन्द्रको बैंक खाता

२७ पुस, काठमाण्डौं । राजा वीरेन्द्रको नाममा अबौंको सम्पत्ति थियो, तर नेपाल ट्रस्टले ६ बर्षसम्म खोज्दा पनि बैंकमा निजी खाता र सेयर भने भेटिएको छैन् ।

वीरेन्द्र र परिवारको सम्पत्ति राष्ट्रियकरण गर्न बनेको नेपाल ट्रस्टले वीरेन्द्रको नाममा बैंकखाता रहे/नरहेको जानकारी दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुमा पत्राचार गरेको थियो । तर, कुनै बैंकबाट पनि उनको नाममा निजी खाता रहेको जवाफ आएन । नेपाल ट्रस्टलाई पछिल्लोपटक कृषि विकास बैंकमा वीरेन्द्रको नाममा पाँच हजार कित्ता सेयर भएको सूचना आएको थियो । तर, सूचना पुष्टि नभएको नेपाल ट्रस्टले जनाएको खबर नयाँ पत्रिकाले छापेको छ । मंगलबार मात्र कृषि विकास बैंकका कर्मचारीहरुले बैंकमा वीरेन्द्र र उनको परिवारको नाममा निजी खाता र सेयर नभएको जानकारी नेपाल ट्रस्टका अधिकारीहरुले गराएका छन् ।