आज २९१ औं पृथ्वी जयन्ती मनाईदै

२७ पुस, काठमाण्डौं । राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको २ सय ९१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । विभिन्न सङ्घ संस्थाहरूले सिंहदबारमा अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन् । तत्कालीन राजा पृथ्वीनारायण शाहले छरिएर रहेका साना साना बाईसे, चौबीसेराज्यहरूलाई मिलाएर नेपाल एकीकरणको अभियान थाल्नुभएको थियो । राजा पृथ्वीनारायणको जन्म वि.सं. १७९९ पुस २७ गते भएको थियो । उहाँको स्मृतिमा मनाईने राष्ट्रिय एकता दिवस भने २०६२/०६३ को जनआन्दोलनपछि बनेको सरकारले भने पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस कार्यक्रमलाई खारेज गरिसकेकाले सरकारले भने यस अवसरमा केही कार्यक्रमहरु गर्ने गरेको छैन ।