बानेश्वरको घेरामा संचारमन्त्रीको नाटक

संचारमन्त्री राजकिशोर यादवले लिखित प्रतिबद्धता जनाएर पनि माग पुरा नगरेपछि आन्दोलनमा उत्रिएका चलचित्रकर्मीले आइतबार काठमाण्डौको मुख्य गन्तव्यस्थल नयाा बानेश्वर ठप्प पारेका छन् । संचारमन्त्रीले अनशनमा बसेका चलचित्रकर्मीहरुमाझ गरेको प्रतिबद्धतालाई उनीहरुले नाटकमाझ प्रस्तुत गरेका थिए ।

कसरी चलचित्रकर्मीहरु अनशनमा बसे र संचारमन्त्रीले कसरी जुश ख्वाएको नाटक गरे भन्ने घटनालाई उनीहरुले नाटकमा उतारेका हुन् । अनशनकारीको भुमिकामा कलाकार संघका अध्यक्ष नबल खड्का, चलचित्र नृत्यकार संघका अध्यक्ष दिनेश पाखि्रन र कलाकार मौसमी मल्ल देखिएका थिए । यस्तै संचारमन्त्री राजकिशोर यादवको भुमिकामा निर्देशक एम.एस अंग्रज देखिएका थिए । चलचित्रकर्मीले नाटक देखाउदै गर्दा नयाँ बानेश्वरको संविधाना सभा भवन अगाडि दर्शकहरुको उल्लेख्य भिड लागेको थियो । चलचित्रकर्मीले गोलो घेरा बनाउदै नयाा बानेश्वर संविधान भवन अगाडिको सडक अबरुद्ध बनाएका थिए ।
चरणबद्ध आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुले संचारमन्त्रीको बिरुद्धमा चर्का नारा पनि लगाएका थिए । कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले एक हप्ता भित्र आफ्ना मागहरु पुरा नभए सम्पुर्ण संघसंस्थाका अध्यक्षहरुलाई लिएर आफुले अनशन थाल्ने चेतावनी दिए । यस्तै, कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।