चट्याङ लागेर ४ जनाको मृत्यृ

वीरगन्ज, ३ असार । पर्सामा आज बिहान चट्याङ लागेर चारजनाको मृत्यू भएको समाचार छ । जिल्लाको बैरियावीर्ता वडा नम्बर(६ स्थित भिखर मियाको खलिहानमा पानीका कारण लुकेर बसेका ५ मध्ये ४ जनाको चट्याङ लागेर मृत्यृ भएको छ ।



स्थानीय मोटर रामले विहान सात बजेर बीस मिनेटको समयमा मियाको खलिहानमा पानीको कारण लुकेका ५ जनामध्ये ४ जनाको चट्याङ लागेर मृत्यृ भएको र १ जना घाइते भएको बताए ।

पानी परेको कारण सडक छेउमा रहेको खलिहानमा बसेका मध्ये रामबाबु साह, मनिफ मियाँ, गया मुखिया र शम्भु पटेलको मृत्यु भएको र दुर्गा साह कानु घाईते भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पुरुषोत्तम पान्डेले बताए ।

प्रहरी पान्डेले चट्याङ लागेर साह र मियाँको घटनास्थलमा नै मृत्यु भएको तथा मुखिया र पटेलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईकान्तिपुरले जनाएको छ ।