५० प्रतिशत युवालाई चुनावमा सहभागी गराउन दवाव
१२ असार, काठमाण्डौं । प्रजातान्त्रिक राष्ट्रिय युवा संघले पार्टी नेतृत्वलाई संविधानसभा चुनावमा ५० प्रतिशत उम्मेद्वार युवालाई बनाउने पर्ने दवाव दिएको छ । दवा स्वरुप आज संघले एमाले अध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र बुझाउने भएको छ । ज्ञापनपत्रमा संघले संविधानसभामा युवा नेतृत्व, १६ बर्षकाले भोट हाल्न पाउनुपर्ने लगायतका माग समावेश गरिएको छ । संघले बुधबार दिउँसो खनाल निवास डल्लुमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।
। त्यस्तै युवासंघले सुदूरपश्चिमको बाढी पहिरोमा परेहरुका लागि संकलन गरेको राहत आज सरकारलाई बुझाउने भएको छ । दिउँसो ४ बजे अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भटेर एक लाख नगद हस्तान्तरण गर्ने युवासंघले जनाएको छ ।