मुम्बई बम विस्फोटका अभियुक्त सलेममाथि जेलमै यसरी भयो गोली प्रहार!! हेर्नुस् भिडियोसहित



मुम्बई । भारतको मुम्बईमा सन् १९९३ मा भएको बम विस्फोटका अभियुक्त अबु सलेममाथि जेलमै गोली प्रहार भएको छ । सलेमलाई थुनिएको मुम्बईको तलोजा सेन्ट्रल जेलमै गोली प्रहार भएको हो । एक गोली लागेर घाईते भएका उनको खतरामुक्त अवस्थामा अस्पतालमा उपचार भईरहेको बीबीसीले जनाएको छ ।

उनीमाथि सलोजा जेलमै थुनिएका अर्का कैदी देबेन्द्रबाबु राव जगतापले गोली चलाएको प्रहरीले जानकारी दिएको छ । जेलभित्रका कैदीसम्म हतियार कसरी पुग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।