२ घण्टाको फिल्ममा २० मिनेटबाहेक सबै दृश्य आपत्तीजनक र अश्लील भएपछि...
यौनलाई विषय बनाएर बनाइएको फिल्ममा नै पनि कति प्रतिशत यौनसँग सम्बन्धित दृश्य होलान् र कतिचाहिँ अरू दृश्य होलान् ? अन्दाज र अनुमान आ–आफ्नै होलान् । तर रिलिजको अनुमतिका लागि सेन्सर बोर्डमा पुगेको फिल्म बर्बादमा यसको नामजस्तै ८० प्रतिशत दृश्य अश्लील र परिवारसँग बसेरै हेर्न नमिल्ने रहेको पाइएपछि यसलाई सार्वजनिक प्रदर्शनमा ल्याउनै नदिइने भएको छ ।
स्रोतका अनुसार फिल्ममा ८० प्रतिशत दृश्य आपत्तीजनक र अश्लील छन् । झन्डै २ घण्टाको फिल्ममा २० मिनेटबाहेक सबै दृश्य अश्लील भएको स्रोतले जनाइएको छ । स्रोतका अनुसार यो फिल्मको अश्लील दृश्य र संवादले यसअघिको विवादास्पद फिल्म एटीएमलाई समेत माथ गरिदिएको छ । उत्तेजक र अश्लील दृश्य तथा त्यस्तै संवादका कारण बर्बादलाई निलो फिल्म’ को संज्ञा दिइएको छ । पूरै फिल्म हेरेपछि सेन्सर बोर्डले यसलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने भन्दै पन्छाएको छ ।
‘८० प्रतिशत भल्गर छ, पछिल्लो २० मिनेटका लागि रिलिजको अनुमति दिएर के काम ? व्यस्त व्यापारी पति र पतिबाट हरबखत यौनाच्छा पूरा गर्न खोज्ने गृहिणीको कथामाथि बनेको फिल्ममा गृहिणी पतिले समय दिन नसकेपछि घरमा ल्यापटप बनाउन आउने प्राविधिकसँगै सल्केको कथा एकातिर छ भने अर्कोतिर पति आफ्नी पीएसँग सल्किएको कथा छ । बग्रेल्ती नग्न दृश्य तथा बेडमा बसेर ब्रा नै खोलेको सम्मका दृश्यका कारण सेन्सरले फिल्ममाथि बन्देज लगाएको स्रोतले बताइएको छ । एटीएम गर्ल जीया केसीका साथमा जीके शर्माले प्रमुख भूमिकामा अभिनय गरेको फिल्मलाई रिम विश्वकर्माले निर्देशन गरेका छन् ।