मध्यराती बलत्कार गर्न आउनेको खुकुरी प्रहार गरी हत्या

दमक, २८ असोज । झापा महारानीझोडा– ५ की एक महिलाले आफ्नो सतित्व जोगाउन छिमेकी पुरुषको हत्या गरेकी छन् । महारानीझोडा– ५ की कमला विकले सोही स्थान बस्ने ४५ वर्षीय भीमबहादुर अधिकारीको हत्या गरेकी हुन् । मध्य राति १ बजे सुतेको स्थानमा जबर्जस्ती गर्न खोजेको भन्दै विकले अधिकारीलाई सिरानी मुनी राखेको खुकुरी प्रहार गरेकी थिइन । खुकुरीको चोट लागेर लडेका अधिकारीको अत्यधिक रक्तश्राव भएर घटनास्थलमै मृत्युभएको छ । घटनाको बारेमा सूचना पाएर पुगेका प्रहरीलाई महिलाले दिएको प्रारम्भिक जानकारी अुनसार यसअघि पटकपटक अधिकारीले जबर्जस्तीको प्रयास गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीको टाउकामा गहिरो चोटलागेको छ । प्रारम्भिक छानवीनका क्रममा प्रहरीले अभियुक्त विकलाई नियन्त्रणमा लिएको छ । महिलाले आफ्नो जीवन र स्वतित्व जोगाउनकै लागी प्रत्याक्रमण गर्नेक्रममा ज्यान गएको ठहरिए त्यसलाई कसुर मानिदैन ।