नम्रताको नयाँ फिल्मको फस्ट लुक सार्वजनिक
नायिका नम्रता श्रेष्ठ सिनेमा क्षेत्रमा पुनः उदाउने क्रममा छिन् । अश्लिल भिडियो सार्वजनिक भएपछि नायिका श्रेष्ठ सिनेमा क्षेत्रबाट गुपचुप जस्तै थिइन् । नम्रता श्रेष्ठले मुख्य भुमिकामा अभिनय गरेको चलचित्र ‘छड्के’ को फस्ट लुक सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्रको फस्ट लुक र ट्रेलर सार्वजनिक गरिएको हो ।
फेब्रुअरी महिनाको पहिलो साता प्रदर्शनमा ल्याउने योजनाका साथ चलचित्र ‘छड्के’ को प्रमोशन निर्माणपक्षले आरम्भ गरेको हो । चलचित्रमा निगम श्रेष्ठको निर्देशन छ । चलचित्रलाइ माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । यि दुइ जोडिले यसअघि ‘फस्ट लभ’ र ‘लुट’ जस्तो चर्चित सिनेमा निर्माण गरेका थिए । चलचित्रमा नम्रताका अलवा रविन एन्ड द न्यु रिभोल्युसन ब्यान्डका रबिन तामाङ, सौगात मल्ल, अर्पण थापा, दयाहाङ राइ, सुनिल पोखरेल, राज न्यौपानेको मुख्य भुमिका छ । यो चलचित्र ग्याङस्टारहरुको कथामा आधारित छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं