चार वर्षीया बालिकालाई सामूहिक बलात्कार

हरियाणाको जिन्द इलाकामा चार वर्षीया बालिकालाई सोमबार राति सामूहिक बलात्कारपछि झाडीमा फालिएको छ । यो क्षेत्रमा यसअघि पनि यौन हिंसापीडित युवतीले आत्मदाह गरेकी थिइन् । चकलेट दिने बहानामा बोलाएर बालिकाको अपहरण गरिएको थियो । हैरान अभिभावकले खोजी गर्ने क्रममा पीडादायी स्थितिमा नानीलाई फेला पारेका थिए । परिवारजनले तत्काल अस्पताल पुर्‍याएप्छि बलात्कार भएको थाहा पाएका थिए । परिवारजनको गुनासोपछि प्रहरीले उजुरी दर्ता गरे पनि अहिलेसम्म कोही पक्राउ परेको छैन ।