मुम्बई, असोज ३० (एजेन्सी) - बलिउडका दुई ठुला स्टार सैफअलि खान र करिना कपुर मंगलबार विवाह बन्धनमा बाँधिन लागेको उनका आफन्तले जनाएका छन्।
लामो समयदेखिको अफ्नो सम्बन्धको चर्चालाई टुंगो लगाउँदै ४२ वर्षीय खान र ३२ वर्षीया कपुर मुम्बईको ग्रान्ड ताजमहल प्यालेस होटलबाट विवाह गर्दैछन्।
‘रिसेप्सन पार्टी छिट्टै दिल्लीमा गर्छौं। हाम्रो परिवारको लागि यो एउटा ठूलो उत्सव हो,' करिनाका काका अभिनेता ऋषि कपुरले भने।
बलिउडको यो जोडीलाई हलिउडका ब्राड पिट र एन्जेलिना जोली जस्तै मानिन्थ्यो। चार वर्षदेखि प्रेम सम्वन्धमा रहेका यो जोडीले सँगै अभिनय गरेको फिल्म ‘एजेन्ट विनोद' यसै वर्ष रिलिज भएको हो।
दुवैको परिवार भारतीय फिल्म उद्योगको स्थापना कालदेखिका हुन्।
‘थ्री इडियट', ‘जव वि मिट' जस्ता हिट फिल्ममा अभिनय गरेर करिनाले आफ्ना जिजुबुबा पृथ्वीराजले सुरु गरेको फिल्मी विरासतमा नयाँ आयाम थपिन्। उनका हजुरबुबा राज कपुर हिन्दी फिल्मका दिग्गज मानिन्छन भने परिवारका कयौं सदस्यको फिल्ममा सम्बन्ध छ।
खान गत वर्ष मात्र पटौदी राज्यको नवाब भएका थिए। उनकी आमा शर्मिला टेगोर अवार्ड विजेता फिल्मी अभिनेत्री हुन् भने बहिनी सोहा पनि फिल्म व्यापारमै आवद्ध छिन्। ‘दिल चाहता हे', ‘हम तुम' जस्ता फिल्मका हिरो खानको पूर्व पत्नी अमृता सिंहपट्टि दुई सन्तान छन्। उनीहरुको सन् २००४ मा पारपाचुके भएको थियो।