यसरी ठगिन्छन् विदेशमा नेपाली कामदार
मलेसिया, कात्तिक १४ – मलेसियाको तिलोक गोङ शहरको भिजन वर्थ फर्निचर कम्पनीमा काम गर्ने भोजपुरका शरणकुमार तामाङको २ महिनाको तलब कम्पनीले काटिदियो । बिरामी भएर स्वास्थ्यजाँच गराउँदा डाक्टरले दिएको पूर्जी अनुसार आराम गरेर बसेका तामाङलाई कम्पनीले गरेको ब्यबहारले निराश बनाएको छ ।
‘जब शरीर नै बिरामी छ त काम कसरी गर्ने ?’ तामाङले दुखेसो गर्नुभयो ‘डाक्टरले समेत काम गर्न नसक्ने पुर्जी बनाइदिएको छ, पुर्जी देखाउँदा समेत कम्पनीले बुझ्दैन ।’ काठमाडौको कालिञ्चोक म्यानपावर कम्पनीबाट ६ महिना अघि मलेसिया पुगेका शरणको १२ सय रिङ्गिट रकम पनि कम्पनीले काटेर राखेको छ ।
शरणको मात्र होइन भिजन वर्थ फर्निचर कम्पनीमा काम गर्ने ७० जना नेपाली कामदारले यस्तै समस्या भोग्दै आएका छन् । साढे २ वर्षदेखि कम्पनीमा काम गरेका चितवनका कपिलबहादुर थापा भन्नुहुन्छ ‘कामका बेलामा नयाँ साथीबाट अञ्जानमा कुनै गल्ती भयो भने बिना जानकारी पुरै महिनाको तलब काटिदित्यस्तै कम्पनीले बेलाबेलामा बिभिन्न कागजमा सही गर्न लगाउछ र महिना सकिएपछि तलब काटिएर आउँछ । ‘किन काटेको भनी कार्यालयमा सोध्यो भने तिमीहरुले पेश्की लिएको छ भन्ने जवाफ दिन्छ, तर हामीले पेश्की लिएका हुँदैनौ’ उहाँले भन्नुभयो ।
कुनै दिन काममा ज्यादै थाकेर वा कुनै कारणले काममा आउन नसकेमा कम्पनीले तलबमा सय रिङ्गिट काटिदिएको तितो अनुभव छ डेढ बर्षदेखि काम गरिरहेका राजविराजका रामचन्द्र मण्डलको । अझ कम्पनीले बत्ती र पानीको पैसा पनि कामदारको तलबबाट काट्ने गरेको गोरखाका टेकबहादुर सुनार बताउनहुन्छ ।
धन कमाउने उद्देश्यले विदेशमा पुगेका नेपालीहरुले रोजगारदाता कम्पनीबाट यस्ता धेरै समस्या बेहोर्नुपरेको दुखेसो गरेका छन् । यस कम्पनीमा काम गर्ने नेपालीले म्यानपावर कम्पनीमा १ लाख रुपैयाँ भन्दा बढी रकम तिरेर आएका छन् । तर कमाइ भने आठदेखि नौ सय रिङ्गिट मात्रै छ ।न्छ ।’