रेखा थापा ले बिहे गर्ने....


त्यसैले पनि धेरै सोचेर मात्र विवाह गर्छु। भारतीय नायिका रेखा तीनवटा विवाह गरेपछि मात्र रेखा भएकी हुन्, मैले त विवाह नै गरेकी छैन। हुनत बाहिर सबैलाई छविसँग मेरो विवाह भएको हो भन्ने लाग्छ, तर मेरो विवाह छविसँग भएको थियो कि थिएन त्यो मलाई मात्र थाहा छ। त्यसैले पनि मैले अब गर्ने विवाह पहिलो विवाह हुनेछ। मैले केटा खोजेको समाचार पनि बेला-बेलामा आएका छन्, तर ती कुरा सत्य होइनन्।
 


विवाह भनेको भगवानले लेखेर पठाएका हुन्छन् तर मैले खोजेको केटा मेरो विगतलाई सम्मान गर्ने तथा मेरो पेसालाई बुझने हुनुपर्छ। म अहिले कत्ति पनि एक्लो महसुस गर्दिनँ। यद्यपि ममीको साथ, दाइको साथ, दिदीको साथ सधै रहन्छ भन्ने छैन। त्यसैले पनि मैले जीवनसाथी रोज्नुपर्छ भन्ने मलाई थाहा छ र म रोज्छु पनि।

मैले खोजेको केटा चलचित्र क्षेत्रको हुने छैन। किनभने सिनेमा क्षेत्र मेरो माइती जस्तै भएको छ। छविसँग मेरो आधिकारिक विवाह भएको थिएन। यदि, विवाह भएको भए किन म उसको सम्पत्ति फिर्ता गर्थें? म पनि सम्पत्तिको आधा भाग खोज्न सक्थें, तर मैले त्यसो गरिनँ। एक समय मेरो मनमा आमा बन्ने चाहना बढेको थियो। तर, अहिले त्यो चाहना घटेको छ।