गाडी भाडा वृद्धिको विरोधमा अभिनेत्री नग्न
मुम्बई (एजेन्सीहरू), आश्विन २९ - छिट्टै चर्चामा आउन केही मोडल र अभिनेत्रीले नग्नतालाई सबभन्दा सजिलो उपाय बनाएका छन् । खेल र राजनीतिमा हुने जित हार एवं पशुमाथि हुने अन्याय जस्ता विषयमा उनीहरू नग्न भइसकेका छन् । ताजा खबर अनुसार बलिउडकी नवोदित अभिनेत्री रिमा शर्माले अटो र ट्याक्सीमा भएको भाडा वृद्धिको विरोधमा 'न्युड फोटो' सेसन गराएकी छन् । उनी एसियाली दर्शकमाझ कमै परिचित अनुहारमा पर्छिन् । यसअघि भारतीय मोडल पुनम पाण्डे, घेना वशिष्ठ, पाकिस्तानी अभिनेत्री बिना मल्लिक र स्थापित अभिनेत्री सर्लिन चोपडा पनि 'न्युड' भइसकेका छन् । उनीहरू पनि यस्तै विभिन्न बहानामा नग्न भएका हुन् । रिमाले भने ती वाहनका चालकद्वारा मनपरी ढंगले असुलिने भाडाको विरुद्ध जारी अभियानअन्तर्गत यस्तो खाले तस्बिर खिचाएको बताइन् । गैरसरकारी संस्था 'सिटिजन एक्सन फोरम' ले रिमालाई आफ्नो 'न्युज ब्लग' का लागि यो प्रस्ताव राखेको थियो । 'न्युज ८८ ले मसँग हट फोटो सेसनका लागि सम्पर्क गरेको थियो, मलाई यस्तो तस्बिर खिचाउन कुनै अप्ठ्यारो लागेन किनकि अटो र ट्याक्सीको मनोमानी ठूलो मुद्दा हो,' उनले भनिन् । भाडा वृद्धि नहुँदा चालकहरूले हड्ताल गरी पूरै सहरलाई बन्धक बनाउने गरेकोमा रिमाले आक्रोश पोखिन् । दक्षिण भारतको चार फिल्ममा उनले काम गरिसकेकी छन् भने हालै एक तमिल फिल्म पनि साइन गरेकी छन् । उनी छापा र टीभी मिडियाको व्यावसायिक विज्ञापनमा देखिने गरेकी छन् । न्यूज ८८ का अनुसार मुम्बईमा अझै पनि ५० प्रतिशत अटो रिक्साले पुरानो मिटर प्रयोग गरिररहेका छन् र ३० प्रतिशतको मिटर नै खराब छ । सरकारले तोकेको मूल्यको उनीहरूलाई कुनै परवाह छैन । उनीहरूले यसको फाइदा उठाउँदै यात्रुको शोषण गरिरहेका छन् । उक्त सरकारी संस्थाले न्युज ८८ सँग मिलेर सार्वजनिक सवारीले आफूखुसी असुल्ने भाडाविरुद्ध शृंखलाबद्ध रूपमा विरोध अभियान सञ्चालन गरिररहेको छ । रिमाको यो नग्न तस्बिर हेरेपछि यातायात प्राधिकरण, राज्य सरकार र चालकहरूको यो समस्यामा थोरै मात्र भए पनि ध्यान जाने उक्त संस्थाले जनाएको छ । भारतीय अभिनेत्री रिमा शर्मा