HOME
News
National News
Entertainment
Cinema
Crime
Amazing News
International
Health Tips
Binimayadar
Rasifal
Crime
,
National News
» यौन दुर्व्यवहार गरेको भन्दै हत्या
यौन दुर्व्यवहार गरेको भन्दै हत्या
काँकडभिट्टा, आश्विन २९ - श्रीमान् नभएको मौका छोपी राति घरमा गएर यौन दुर्व्यवहार प्रयास गर्ने व्यक्तिलाई झापा महारानीझोडा-५ की एक महिलाले हत्या गरेकी छन् । स्थानीय कल्पना विकले एमाओवादी महारानीझोडा गाविसका सेक्रेटरी ५१ वर्षीय भीमबहादुर अधिकारीको हत्या गरेकी हुन् । 'दुव्र्यवहार गरेपछि खुकुरी प्रहार गरेकी हुँ,' कल्पनाले प्रहरीसँगको बयानमा भनिन् । अधिकारीलाई घाँटीमा दुई ठाउँ र कानमा धारिलो हतियार प्रहार गरिएको देखिन्छ । उनको अत्यधिक रक्तस्रावबाट घटनास्थलमै मृत्यु भएको थियो । घरमा सासू, १२ वर्षे छोरा र जेठानी-देउरानी मात्रै बस्दै आएका थिए । दुवै महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । शनिबार मध्यराति खुकुरी हानेर अधिकारीको हत्या गरेपछि कल्पना र उनकी देउरानी पर्ने मञ्जु विक करिब ११ किलोमिटर टाढा पैदल हिँडेर इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गर्न पुगेका थिए । मञ्जुले समेत अधिकारीको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माओवादी नेता अधिकारी प्रायः सधैंजसो कल्पनाका घरमा गएर गफगाफ गर्थे । शनिबार भने उनी दिउँसैदेखि मादक पदार्थ पिएर मातेको स्थानीयवासीले बताए । 'उनी साँझसम्म स्कुलचन बजारमा मातेर घुमिरहेका थिए,' एक स्थानीयले भने । माओवादीका क्षेत्रीय सदस्य गणेश कार्कीले भने अधिकारीको हत्या नियोजित रूपमा भएको दाबी गरे । 'घटनाको प्रकृति हेर्दा नियोजित देखिन्छ,' उनले भने । प्रहरीले घटनास्थलबाट अधिकारीको अन टेस्ट मोटरसाइकल बरामद गरेको छ । उनी शनिबार राति विकको घरआँगनमा मोटरसाइकल पार्किङ गरेर कोठामा छिरेका थिए । झापाका एसपी तारिणीप्रसाद लम्सालले दुव्र्यवहारका कारण अधिकारीको हत्या गरेको विकले स्वीकारेको बताए । विकलाई कर्तव्य ज्यानअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । अधिकारीले माओवादी सेक्रेटरीको जिम्मेवारीसँगै घरजग्गासम्बन्धी कारोबार पनि गर्थे । छोटो समयमै उनले निक्कै सम्पत्ति जोडेको उनलाई चिन्नेहरू बताउँछन् । विक परिवार बसोबास गर्दै आएको जमिन उनैले हालै बिक्री गरेका थिए
Newer Post
Older Post
Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
चट्याङ लागेर ४ जनाको मृत्यृ
साथीको लागि यसरी आफ्नै ज्यान दिने यि खेलाडिको भिडियो हेर्दा आँखामा आसु नचुहिने को होला र! (भिडियोसहित)
पोखराका केटि दिउसै झ्यापमा..
भिषण बाढी पछिको दार्चुला र बिचल्लीमा परेका दार्चुलाबासी । भिडियोमा हेनुहोस् ।
यसरी कुकुरको छाउरोले अर्बपति बनायो, हेर्नुस् कुकुरको चमत्कार!!
पाकिस्तानको पेशावरमा सुरक्षाकर्मीमाथि आक्रमण १७ जनाको मृत्यु
टेलिभिजन हेर्न नपाएको झोकमा एक महिलाले जलाइन् आफूलाई
राजेश पायल राई को 'दर्शन नमस्ते २' मा एटम बम(भिडियो)
गुडियाजस्ती सन्दुरीले इन्टरनेटमा सनसनी (भिडियोसहित)
रसियामा खसेको आगोको गोला कस्तो थियो हेर्नुस त !!
Blog Archive
October
(5)
August
(116)
July
(350)
June
(740)
May
(865)
April
(733)
March
(887)
February
(625)
January
(616)
December
(132)
November
(105)
October
(154)
September
(10)
July
(46)