युनासंग अरुणिमाको भेट

अमेरिकामै बसोबास गर्ने नेपालीसंग केही महिना अघि सामान्य विवाह गरेकी युना मंसिर सम्ममा नेपाल फर्किने र धुमधामका साथ विहे गरेर पुनः अमेरिकामा जाने तयारीमा समेत रहेको बुझिएको छ । यस्तै युनाको नयाँ खबर चाहि उनले ग्रिन कार्ड प्राप्तीको सम्पूर्ण तयारी पुरा पनि गरेकी छिन् ।
श्रीमान् अमित अर्यालका साथ अमेरिका घुम्न निस्किएकी अरुणिमासंगै युनाको भेट रञ्जना शर्मासंग पनि भएको थियो । जतिबेला उनीहरुले निकै रमाईलो गरेका थिए । छोरी पाएपछि हनिमुन स्टाईलको भ्रमणमा निस्किएकी अरुणिमा क्लोराडो, ओक्लुहा, लस भेगसका विभिन्न विभिन्न रमणीय स्थल भ्रमण गरी नेपाल फर्किने छिन् ।