भारतको राँचीमा जन्मिए भगवान् ‘शिव’ | हेर्नेको भिड…

३ साउन, एजेन्सी । भारतको राँची नजिकै रहेको प्रताणपुर जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्रमा सोमबार बेलुका एक असामान्य बालकको जन्म भएको छ । बालकको टाउकोमा मासुको पिण्ड निस्केको छ । उक्त मासुको पिण्ड निस्किएको बालक जन्मिएको थाहा पाएपछी बालकलाई भगवान शिवको रुप भन्दै अस्पतालमा बालकलाई हेर्नेहरुको भिड लागेको छ ।



बालकलाई हेर्नका लागि अस्पताल अगाडि लागेको भिड हटाउन अस्पतालका कर्मचारीलाई निकै गाह्रो भएको छ । अस्पताल आएका सबै मानिस उक्त बालकलाई हेर्न आतुर रहेका कारण भिडलाई नियन्त्रण गर्न निकै गाह्रो भएको थियो ।

चिकित्सकहरूका अनुसार उक्त बालक शिवको अवतार नभएको बताउँदै बालक कंजराइटल एनामोली नामको बिमारी हो । ती बालकलाई उपचारका लागी त्यहाँ सम्भव नभएको भन्दै चिकित्सकहरुले मगध मेडिकल कलेजमा रिफर गरेका छन् ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |