सम्बन्धबिच्छेद अघि सेक्स गर्न नमान्दा पतिद्धारा पत्नीको हत्या |

२३ साउन, एजेन्सी । पति-पत्नीबीच सम्बन्ध राम्रो बन्न नसक्दा सम्बन्धबिच्छेदको अवस्थामा सम्म पुग्छन् र सम्बन्ध विच्छेदका क्रममा पनि पति पत्नीबीच केही सम्झौताहरू हुने गर्छन् । सम्झौतामा विषेशगरी पैसा, जग्गा जमिन तथा अन्य केही सम्पत्ती या सन्तानसम्बन्धी शर्त राख्ने गरिन्छ ।



तर एक व्यक्तिले पत्नीसँग सम्बन्ध विच्छेदका लागी पत्नीसँग अन्तिम पटक सेक्सको प्रस्ताव राखेका छन् । यो अनौठो प्रस्ताव पत्नीले अस्विकार गरेपछी होस गुमाएका पतिले सम्बन्धबिच्छेदका लागि तयार रहेकी आफ्नी पत्नीको हत्या गरेका छन् । इलिनोयमा बस्दै आएका कर्टिस वोर्लेले आफ्नी पत्नबी मार्था बोल्र्लेसँग समब्नधबिच्छेद अगाडि एकपटक सेक्सका लागी प्रस्ताव गरेका थिए ।

जब मार्थाले कर्टिसको यस्तो प्रस्तावलाई अस्विकार गरिन् तब कर्टिस मार्थामाथी जाइलागे र पत्नीको टाउकोमा लगातार चक्कु प्रहार गर्न थाले । चक्कु प्रहारका कारण पिडामा छटपटाएकी आमाको चित्कार सुनेपछी आएका उनीहरुका सन्तानले बाबु कर्टिसलाइ छुटाउन खोज्दा छुटाउन नसकेपछि प्रहरिलाई खबर गरेका थिए । प्रहरिले घटनाबारे जानकारी पाएपछी घटनास्थल आइपुग्दा मार्थाले ज्यान गुमाइसकेकी थिइन् भने कर्टिसले पनि आत्महत्याको प्रयास गरेका थिए तर उनी असफल भएका थिए । प्रहरीले कर्टिसलाई पक्राउ गरी घरेलु हिंसाको आरोपमा मुद्धा चलाएको छ । कर्टिस र मार्थाका दुई सन्तान छन्, एउटा १५ वर्षको र अर्को १२ वर्षको ।