इजरायलमा महिलालाई टुक्राटुक्रा पारेर सुटकेशमा राखेर फ्याक्ने प्रेमी पक्राउ

साउन , ईजरायल । दुई प्रेमिका वीचको सामान्य आर्थिक विवादपछि प्रेमिकाको विभत्स हत्या गरि टुक्रा टुक्रा गरेर तेलअभिवको हाहागनाको रेल्वे स्टेशन नजिकै सुटकेशमा भेटिएको लाश रोमानियाई विदेशी कामदार भएको पुष्टि भएको छ ।



उक्त घटना घटाउने ५० बर्षिय टर्कीश नागरिक आयूडेन दिमिरानलाई हिजो मंगलबार ईजरायल प्रहरीले इजरायल छाड्न लाग्दै गर्दा समातेको छ । दिमिरान हिजै टर्की जानका लागि तैयार भेसकेका अवस्थामा प्रहरीले समातेको तेलअभिवका प्रहरी अधिकृत शारोन माल्काहले जानकारी दिएका छन् । प्रहरी अनुसन्धान टोलीले दिमिरान समय समयमा बस्दै आएका गाउँ केफार क्वस्साममा समातिएको जानकारी दिएका छन् ।

दिमिराम ईजरायलमा करीव् १८ महिनादेखि बस्दै आएका र कन्स्ट्रक्सनका काम गर्दै आईरहेका थिए । उनले उक्त महिलाले आफु माथि हमला गरेपछि बचाउको क्रममा उनको मृत्यु भएको भन्दै आफ्नो बचाउ गरिरहेका प्रहरी अधिकृत माल्काहले जानकारी दिएका छन् ।

मृत महिला ४५ बर्षिया ईलोना डेनिस रोमानियन भएको पुष्टि भएको छ । उनि ईजरायलमा केयरगिभरकै काम गरिरहेकि भए पनि केहि अगाडिदेखि भिषा सकिएर काम पाउन गाह्रो भैरहको अवस्थामा उनको हत्या गरिएको थियो ।

मृत अवस्थामा भेटिएको उनको शरीको प्रकृति हेर्दा र उनको डिएनए जेकजाँचपछि डेनिस पत्ता लागेको प्रहरी अधिकृतले जानकारी दिएका हुन् । डेनिसको टाउको अहिलेसम्म फेला नपरेपनि चाँडै नै डेमिरानले बताउने जनाएका छन् ।

डेनिसले डेमिरानलाइ चक्कुले हान्न खोजेपछि डेमिरानले डेनिसलाइ धकेलिदिएका थिए । यसै क्रममा डेनिसको टाउको ठोक्किएर मृत्यु भएको थियो । पछि मृत शरीरलाइ काटेर सुटकेशमा राखी हाहागना ट्रेन स्टेसन नजिकै पुल मुनि फालिएको डेमिरानको वकिलले बताएका छन् ।

तेल अभिवको मेजिस्ट्रेट अदालतले डेमिरानको केश ११ दिनका लागि लम्बाएको बुधबार जानकारी दिएको छ ।