अन्तरिक्षबाट ल्याएको चन्द्रमाको चट्टान नेपालमा प्रदर्शन गरिदै ,हेर्नेको भीड..(भिडियो रिपोर्ट)

राटनगर, श्रावण २३ । सुनसरीको शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टरमा चन्द्रमाबाट ल्याइएको चट्टानको टुक्रा प्रर्दशनीमा राखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासामा संरक्षित चन्द्रमाबाट पृथ्वीमा ल्याइएको मेयर वसाल्ट नामक चट्टान एभरेष्ट साइन्स सेन्टरमा प्रदंशनीका लागि राखिएको हो । प्रर्दशनीमा राखिएको सो चट्टान नेपालमा पहिलो पल्ट प्रर्दशनीमा ल्याइएको आयोजक समितिले जनाएको छ । एभरेष्ट साइन्स सेन्टरको आयोजना तथा अमेरीकी अन्तिरिक्ष संस्था नासाको सहयोगमा प्रर्दशनीमा राखिएको सो चट्टान ३ अर्व ७५ करोड वर्ष पुरानो भएको वताइएको छ ।



एपोलो १७ वाट वैज्ञानिक ज्याक स्मितले चन्द्रमामा गएको समयमा सो मेयर वसाल्ट नामक चट्टान पृथ्वीमा ल्याएको वताइएको छ । शान्ति वनदेखि चन्द्रमासम्म नाम दिइएको चट्टान प्रर्दशनी १ महिनासम्म संचालन हुने र करिव ५ लाखले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अपेक्षा राखेका छन् ।



भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |