साढे चार वर्षको बच्चाको पेटमा ढुंगा
१९, साउन, धरान । साढे चार वर्षको बच्चाको पित्त थैलीमा ढुंगा भेटिएपछि धरानस्थित वीपी कोइराला प्रतिष्ठानका डाक्टरहरु अचम्ममा परेका छन् । शनिबार बालकको सफलतापूर्वक शल्यक्रिया गरी पित्तथैलीमा रहेको १४.७ एमएमको ढुंगा निकालिएको छ ।
वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा साढे चार वर्षका वालक यमन दुलालको पित्त थैलीबाट डाक्टरहरुले ढुंगा निकालेको बालककी आमा मीना दुलालले बताउनुभयो । डाक्टरहरुका अनुसार बच्चाहरुमा पत्थरिया हुने घटना एकदमै दुर्लभ मानिन्छ ।
source:onlinekhabar