महिला हिंसाको बारेमा प्रतिवेदन सार्वजनिक

महिला तथा बालबालिका कार्यालय रुपन्देहीले महिला तथा बालबालिका संग सरोकार राख्ने विषय सम्बन्धि अध्ययन गरि तयार गरिएको सुझाब सहितको प्रतिवेदन सार्वजनिक गरेको छ।

कार्यालयले रुपन्देही जिल्लाको लैंगिक हिंसाको अबस्था तथा मानव बेचबिखन तथा ओसार पसारको अवस्था अध्ययनको विषयमा अध्ययन गरि उक्त सुझाब सहितको प्रतिवेदन र त्यसमा देखाईएका विषय र सुझाबलाई जानकारी गराउने उद्देस्यले जिल्लाका ११ गाविसका किशोरी समुह २४ महिला सहकारी संस्थाहरुका सदस्य बिच प्रतिवेदन लोकार्पण गरि सो समन्धी जानकारी गराईएको थियो ।