नेपाली सेनाद्धारा उद्धारका लागि सेना परिचालन

 देशका विभिन्न क्षेत्रमा बाढीले डुबानमा परेका ठाँउमा नेपाली सेनाले उद्धारका लागि सेना परिचालन गरेको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति निकाल्दै बाढीले डुबानमा परेका सुनसरी तथा झापाका प्रभावित क्षेत्रमा सेना परिचालन गरेको जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरद्धारा बाढी प्रभावित क्षेत्र दार्चुलामा ७ हजार ३ सय ५० किलो र नेपाल खाद्य संस्थानद्धारा दत्तुमा भण्डारण गरेको तीस हजार केजी खाद्यान्न दार्चुला सदरमुकाम खलंगा पुर्‍याएको जनाएको  छ ।सदरमुकाम दार्चुला पुर्‍याईएको चामल मध्ये विद्यार्थीलाई एकहप्ताका लागि हरेक व्यक्ति पाँच किलो तथा बाढी पीडित र प्रभावितलाई हरेक परिवार एक हप्ताका लागि १० किलो चामल वितरण गरिने स्थानीय प्रशासनले जनाएको छ ।

यसैबीच राहत वितरणका नाममा हेलिकप्टरबाट खाद्यान्न ओसारेर बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणका लागि छुट्याइएको रकम सिध्याउन लागिएको भन्दै बाढी प्रभावितले विरोध जनाएका छन् । हेलिकप्टरमा ढुवानी गरेर खर्च नगर्न उनीहरूको आग्रह छ ।

स्थानीय प्रशासनले पनि हेलिकप्टरबाट ढुवानी गर्न जिल्लाले माग नगरेको जनाएको छ ।