चरी पक्राउको बिरोधमा एमालेको धादिङ बन्द फिर्ता
आपराधिक गतिविधीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एमालेका जिल्ला नेता दिनेश अधिकारी (चरी)लाई छुटाउन गरिएको धादिङ बन्द अहिले केहिबेर अगाडि फिर्ता भएको छ ।
बन्द फिर्ता भए पछि पृथ्वी राजमार्ग हुँदै चल्ने र आसपासका सहायक मार्गमा आवागमन सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ । बन्द खुले पछि नागढुङगाबाट सवारी साधन उपत्यका बाहिर जान र भित्रन शुरु गरेका छन् ।
केही समयको बन्दका कारण सयौ सवारी साधन र हज्जारौं यात्रुले सास्ती बेहोर्नु परेको थियो ।
बन्दको चौतर्फी विरोध भए पछि एमालेले दवाव पछि बन्द फिर्ता लिएको हो ।
गुण्डानाइके भनेर चिनिने आपराधिक पृष्ठभूमिका एमाले निकट दिनेश अधिकारी चरीलाई प्रहरीले पक्राउ गरेको बिरोधमा नेकपा एमालेले आज धादिङ जिल्ला बन्द गरेको छ ।
गुण्डागर्दी तथा अबैध हतियार मुद्दामा प्रहरीले हिजो आफ्ना नेतालाई पक्राउ गरेको भन्दै रिहाइका लागि जिल्ला बन्द गराएको हो ।
करिब आधा दर्जन गुण्डागर्दी मुद्दामा पक्राउ परिसकेका चरीलाई नेकपा एमालेले धादिङ जिल्लाको नेताको रुपमा राखेको छ भने एमालेले चरीलाई युवा नेताको रुपमा परिभाषित गर्दै आएको छ । बन्दका कारण पृथ्वी राजमार्ग ठप्प भएको छ । यससँगै पृथ्वी राजमार्ग भएर चल्ने लामा तथा छोटा दुरीबा सवारीसाधन बिच बाटोमै अलत्रपत्र परेका छन् । बन्दका कारण हजारौ यात्रुले सास्ती बेहोरेका छन् ।