''डेनिस रेगुलेटरको ब्रान्ड एम्बेसडर करिष्मा मानन्धर''

'नेपाली चलचित्रकी सदाबहार नायिका करिष्मा मानन्धरलाई शुक्रबार बाट नयाँ जिम्मेवारी थपिएको छ।'
नायिका मानन्धरले शुक्रबार बाट डेनिस एलपिजी रेगुलेटरको ब्रान्ड एम्बेसडरको रुपमा काम गर्ने भएकी छन् । शुक्रबार राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा वल्र्ड क्लास एलपीजी रेगुलेटरको ब्रान्ड एम्बेसडरको जिम्मेवारी करिष्मालाई दिइएको हो ।''
नेपाली बजारमा अन्तराष्ट्रिय मापदण्डको  यो रेगुलेटरको पाँच वर्षको ग्यारेन्टी दिइएको छ भने दस वर्षको आयु रहेको बताइएको छ ।  ‘नेपाली भान्सा सुरक्षित होस् । रेगुलेटरको असुरक्षाका कारणले कुनै पनि गृहिणिको जीवन नगुमोस् ।’ भन्ने मूल आधारका साथ नेपाली बजारमा प्रक्षेपण गरिएको छ । यस सत्यलाई स्थापित गर्न नेपाली चलचित्रकी सदाबहार नायिका करिष्मा मानन्धले सामाजिक उत्तरदायित्व सहितको ब्राइन्ड एम्बिसेडर बन्न स्वीकृती दिएकी हुन् ।''

नेपालमा यसलाई एमआर हाइट्रेड ट्रेडिङ कम्पनीले भित्र्याएको हो । सुरक्षा प्रणालीलाई केन्द्रमा राखेर विश्वकै नम्बर वान रेगुलेटर लामो अनुसन्धान पछि नेपालमा भित्र्याइएको बताइएको छ । ''