११ जना बाहुन पढाएर फेरी बिहे गरिन नायिका रेखा थापाले

बुधबार नायिका रेखा थापाले ११ जना बाहुन पढाएर विधि विधान पुर्याएर बिहे गरेकी छन्।

केही समय अघि आफ्ना पति छवि ओझाबाट टाढा भएर चर्चामा आएकी रेखा केही महिना अघि मात्र एकीकृत माओवादीमा प्रवेश गरेर चर्चा बटुल्न सफल भएकी थिइन भने आज आएर वरको वृक्षसँग विवाहा गरेर चर्चामा आएकी छन् ।

बुधबार राजधानीको हाँडीगाउँमा रहेको एउटा वरको वृक्ष
सँग रेखा थापाले विधिविधानपूर्वक बिहे गरेकी हुन् । निर्माता छवि ओझासँग भएको विवाहा औपचारिक रुपमै सम्बन्ध बिच्छेदमा पुगेर टुङ्गिएपछि एक्लै बस्थै आएकी रेखाले बुधबार वरको वृक्षसँग विवाहा गरेकी हनु् ।

रेखाले वरको वृक्षसँग ज्योतिषीको सल्लाहा अनुसार विवाहा गरेको गरेको बताएकी छन् । रेखाको विवाहामा रेखा थापा नायिका रहेको चलचित्र कालीका नायक किशोर खतिवडा समेत साथमै थिए । 

तल बक्समा क्लिक गरि  भिडियो हेर्नुस