के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन ४ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले निर्वाचन क्षेत्र निर्धारणका लागि रहेका कानुनी जटिलता फुकाउन कार्यदल गठन गरिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले रेग्मीको खेतमा चक्रपथ बनाउने योजनासहितको बजेट विनियोजन गरेको खबरलाई मुख्य बनाएको छ भने एमाओवादीमा पदीय जिम्मेवारीको विवाद फेरि बढेको नागरिक दैनिकले मुख्य खबर छापेको छ ।
एमालेको महाधिवेशन मिति तोक्न ओली पक्षको दबाब रहेको खबरलाई नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने निजी कम्पनीको लगानी मापदण्ड तोक्ने तयारी भएको खबर अन्नपूर्ण पोष्टले मुख्य रुपमा छापेको छ ।2
3
4
5
6
7
8