नेपाली सेनाले क्रिकेट टिम बनायो

२८ असार, काठमाडौं । नेपाली सेनाले पनि क्रिकेट टिम स्थापना गरेको छ । पुलिस र सशस्त्र प्रहरीले विभागीय टिम बनाएपछि सेनाले पनि क्रिकेट टिम बनाएको हो ।
त्रिभुवन आर्मी क्लबमा १८ जना खेलाडी सम्मिलित क्रिकेट टिम स्थापना रिएको र हाल टोली राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ क्रिकेट प्रशिक्षक श्री अरुण कुमार अर्यालको प्रशिक्षणमा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘अहिले सुरुको फेजमा छौं । भित्रका खेलाडीहरुलाई लिएर टोली बनाएका हौं’ आर्मी स्रोतले भन्यो–’अहिले बाहिरबाट खेलाडी ल्याइएको छैन ।’
छिट्टै क्रिकेट टिमलाई पूर्णता दिई विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइने योजना रहेको बताइएको छ । विभागीय क्लबमा क्रिकेट क्रिकेट टोली बनाउने सुरुवात भने सशस्त्रले गरेको हो । सशस्त्रको कप्तान राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेका छन् ।