अवैध गर्भधारण गरी जन्माएको बच्चाको हत्या गरेको आरोपमा एक महिला पक्रा

२८ असार, काठमाडौ । अवैध गर्भधारण गरी जन्माएको बच्चाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । नुवाकोटको साल्मे गाविस–८ घर भई हाल त्रिशूली पुरानो बजारमा बस्दै आएकी २० वर्षीया आइसी तामाङले शुक्रबार बिहान बच्चा (छोरा) जन्माएर मारेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयवासीले खबर गरेपछि प्रहरीले महिला बसेको कोठाबाट भर्खर जन्मेको बच्चाको शव बरामद गरेको थियो । तीन वर्षदेखि लोग्ने विदेशमा रहेकाले अवैध गर्भधारणबाट बच्चा जन्मिएपछि उनले बच्चाको हत्या गरेको हुनसक्ने प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
अत्यधिक रक्तस्रावबाट थलिएकी महिलाको त्रिशूली अस्पतालमा प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ । महिलाको अवस्था नाजुक भएकाले बोल्न सक्ने अवस्थामा नभएको प्रहरीले जनाएको छ ।