दुबईमा एकजना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइयो

श्रावण ७, नेपालबाट वैदेशिक रोजगारका लागि दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनीश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
आजको अन्नपूर्णपोष्टमा छापिएको एक समाचारमा दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामा काम गर्ने नेपाली र पाकिस्तानीबी भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। यसै अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो। शनिबार अदालतले मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा रहेको कुरा समाचारमा जनाइएको छ ।
उनलाई फाँसी सजाय दिएको समाचार आइतबार विहान पाएपछि उनकी पत्नी बिना राई डेढवर्षे छोरासहित परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन माग गरेकी छन्।
राइ पाकीस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए। तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको कुरा समाचारमा उल्लेख गरिएको छ ।