नवलपरासीमा बस खस्यो! ३२ जना घाइते

नवलपरासी, असार २२ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डा पुलबाट यात्रुवहाक बस खोलामा खस्दा घाइते हुनेको संख्या ३२ पुगेको छ ।

घाइते मध्य ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट नेपालगञ्जकालागि जाँदै गरेको ना ४ ख ३ ३८ नम्बरको बसमा भैरहवाबाट काठमाडौंलागि आउँदै गरेको लु १ ख ५६३० नम्बरको बस ठक्कर खाँदा बस खोलामा खसेको हो ।



लु १ ख ५६३० बस खोलमा खसेको हो । घाइते मध्ये कालिगण्डकी अस्पताल कावासोतीमा १३ जना र मध्यबिन्दु अस्पताल डण्डामा १९ जनाको उपचार भइरहेको छ ।

दुर्घटनामा परेर नवलपरासीका ६ जना घाइते भएका छन् । बिहान सवा १० बजे भएको दुर्घटनामा परी घाइते हुनेहरुमा गुल्मीका सुरज ज्ञावाली, जहदा ५ नवलपरासीका इन्द्रबहादुर राना, वुटवलका नारायण कुँवर, कुरीन्टार चितवनका वासु सिल्वाल , रुपन्देहीका हेम वहादुर खडका, अर्घाखाचीका सरस्वती सेमही मगर, कञ्चनपुरका सागर वोगटि ,कपिल्वस्तुकी रेखा भण्डारी , रुपन्देहीका कुञ्जराज श्रेष्ठ रहेका छन् ।

त्यसैगरि कपिलवस्तु मिनबहादुरराना, बदर्घाट नवलपरासीका निकण्ठम घिमिरे, दुम्किवास नवलपरासीका पावर्ति गिरी ,दुम्किबार मनोज गिरी दुम्किवासा, नम्रता गुरु बुटवल, मनोहर रसाइली दुम्किवास, भिखारीशाहा त्रिवेणी, कृष्ण सुनवार बुटवल, सन्देश सापकोटा बुटवलका छन् ।

घाइते मध्य अधिकांश गम्भर रहेको जनाइएको छ । घाइतेहरुलाइ अहिले उपचारकालागि कालिगण्डकी अस्पताल कावासोती ल्याइएको थप उपचारकालागि भरतपुर लैजाने तयारी भैरहेको छ ।

अहिलेसम्म कुनै पनि घाइतेको परिचय खुल्न सकेको छैन् । दुवै बस तिव्रगतिमा भएको र वर्षाका कारण बाटो चिप्लो भएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।ekantipur