''एउटै डोरीमा बाँधिएका युवा युवतीको शव भेटियो''

''असार २२ पर्वत – पर्वतको शालिग्राम गाविसमा डोरीले बाँधिएको अवस्थामा एक जोडी युवा र युवतीको शव भेटिएको छ ।''

शालिग्राम गाविसको भोर्लेपानीमा कालीगण्डकी नदी किनारमा उनीहरुको शव भेटिएको हो ।''

घाँटीमा युवतीको कुर्ताको सल र कम्मरमा जुटको डोरीले बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको परिचय खुल्न सकेको छैन ।'' भिडियो समाचार हेर्नुहोस