सुदर्शनलाई बिर्सदै सुष्माले भनिन्, ‘निरन मेरो पहिलो प्रेम हो’

नायिका सुष्मा कार्की चलचित्रमा आइटम नृत्य गरेर जति चर्चामा आउँछिन् त्यति नै चर्चा उनको प्रेमसम्बन्धले पनि पाउने गर्दछ । निर्देशक सुदर्शन थापासँग करिब ५ बर्ष लामो प्रेमसम्बन्धलाई विश्राम लगाउँदै सुष्मा निरन श्रेष्ठसँग सम्बन्ध गाँस्न पुगिन् । तर हाल सुष्मा र निरनको पनि सम्बन्ध विच्छेद भएको खबर बजारमा चलिरहेको छ । तर नायिका कार्की भने आफूलाई निरनको अत्याधिक माया लाग्ने बताउँछिन् । सुदर्शनसँग प्रेम गर्दा आफू बच्चा भएकाले मायाको वास्तविक अनुभव नगरेको तर्क उनको छ ।सुष्माले भनिन् , ‘मेरो प्रेम सुदर्शनसँग मात्र असफल भएको हो । निरनसँग मेरो सम्बन्ध टुटेको छैन, समय र परिस्थितीले गर्दा मात्र हामी अलग भएका हौ ।’ यो कुरा माया गर्ने मान्छेले मात्र वुझ्ने तर्क सुष्माको छ । उनले निरनलाई धेरै माया गर्ने बताउँदै उ नै आफ्नो पहिलो प्रेम भएको बताइन् ।



बिहे गर्ने सोच आफ्नो दिमागमा पनि आएको बताउँदै सुष्माले निरनसँग पनि हुनसक्ने संकेत गरिन् । ‘यदि मेरो भाग्यमा लेखेको छ र निरनले चाहेको खण्डमा हाम्रो बिहे हुनसक्छ’, सुष्माले भनिन् । निरनलाई धेरै माया गर्ने भएकै कारणले गर्दा सुष्माले उनको नाउँको ट्याटु आफ्नो ढाडमा खोपेकी छिन् । सुदर्शनसँग प्रेम गर्दा निक्कै नजिक देखिएपनि यतिबेला भने सुष्माले उनलाई मनदेखि नै बिर्सिएको देखिन्छ । यसैले पनि उनी नरेनलाई आफ्नो पहिलो प्रेम बताइरहेकी छिन् ।
onlinekhabar