झड्केलो छोरीलाई बलात्कार गर्न खोज्ने पक्राउ

3 असार, काठमाडौं । झड्केलो छोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा विनोद बस्नेत पक्राउ परेका छन् ।
काठमाडौं बाडभञ्ज्याङ बस्ने ओखलढंगा पोक्लोझरना-२ का ३० वर्षीय बस्नेतले आफूसँग बस्दै आएका १२ वर्षीया झड्केलो छोरीलाई मंगलबार साँझ ललाई फकाई जवरजस्ती बलात्कार गर्न खोजेको थिए ।
पीडित बालिकाले माइती नेपाल नागढुंगामा मौखिक जानकारी गराएपछि प्रहरीले बस्नेतलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ ।